← समाचारमा फर्कनुस्
Top Headlines Jul 23, 2023 · Shishir

इक्वेस्ट्रियनमा राजकर्णिकार

इक्वेस्ट्रियनमा राजकर्णिकार

नेपाल इक्वेस्ट्रियन (घोडचढी) संघको साधारण सभा तथा निर्वाचनले रवि राजकर्णिकारलाई अध्यक्षमा निरन्तरता दिदै १६ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार सर्वसम्मत चयन गरेको छ ।

नवराज सिलवालले वरिष्ठ उपाध्यक्ष, प्रकाशजंग कार्की र रमेशमान मल्लले उपाध्यक्ष, लोकजंग लामाले महासचिव, राममाया तामाङले सचिव तथा प्रेमबहादुर मोक्तानले कोषाध्यक्षको जिम्मेवारी पाए ।

मनऋषि धिताल, सन्तोष बुढाथोकी, हरिप्रसाद श्रेष्ठ, महेश श्रेष्ठ, तेन्जिङ थकाली, कर्मा गुरुङ, ज्ञानेन्द्र श्रेष्ठ, रामसुन्दर वके र सुमन बोम्जन तामाङ सदस्यमा चयन भए ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →