← समाचारमा फर्कनुस्
Football Aug 14, 2023 · Shishir

नेयमार साउदीको अल हिलालमा

नेयमार साउदीको अल हिलालमा

काठमाडौ- ब्राजिलिय स्टार नेयमार जुनियर साउदीको क्लब अल हिलालमा अनुबन्ध भएका छन्।

नेयमारले साउदी क्लब अल हिलालमा दुई बर्षको सम्झौता गरेका छन् । 

फ्रेन्च क्लब पिएसजी छोड्ने निश्चित भएपछि अल हिलालले दिएको प्रस्तावलाई नेयमारले स्वीकार गरेका हुन् ।

अल हिलालले नेइमारका लागि ९० मिलियन युरो तिरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । उनी २०२५ को जुन ३० सम्म अल हिलालमा रहने भएका छन् । 

त्यस्तै अल हिलालले नेइमारलाई बार्षिक करिब ८० मिलियन युरो पारिश्रमिक प्रस्ताव गरेको बताइएको छ । उनले पिएसजीमा बार्षिक करिब २५ मिलियन युरो पारिश्रमिक लिने गरेका थिए । 

मिडिया रिपोर्टका अनुसार नेइमारले अल हिलालका लागि आजै मेडिकल गर्ने र साउदी प्रस्थान गर्ने बताइएको छ ।

अल हिलालले नेइमारलाई यसै साता आफ्ना फ्यानहरु समक्ष प्रस्तुत गर्ने र अल हिलालमा नेयमारले जर्सी नम्बर १० नै लगाएर खेल्ने भएका छन् ।  

सन् २०१७ मा २२० मिलियन युरोमा पिएसजी गएका नेयमार शुरु देखि नै पोएसजीमा असहज महसुस गरेका थिए । नेइमारको लगातारको इन्जुरीका कारण पनि पिएसजीमा पुरा समय खेल्न सकेका थिएनन् ।

पिएसजीमा ६ सिजनमा नेयमार कुनै पनि सिजन पुरा खेल खेल्न सकेका थिएनन् । नेयमारले पिएसजीमा अहिलेसम्म १७३ खेलमा ११८ गोल गरेका छन् ।

जसमा ३ लिग वान, ३ फ्रेन्च सुपर कप, ३ कोपा डे फ्रान्स, २ फ्रान्स लिग कप जितेका थिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →