← समाचारमा फर्कनुस्
Top Headlines Jun 25, 2023 · Shishir

राष्ट्रिय स्केटबोर्डमा विजय र समिक्षालाई उपाधि

राष्ट्रिय स्केटबोर्डमा विजय र समिक्षालाई उपाधि

काठमाडौं, असार ९ गते । विजय लिम्बू र समिक्षा राईले छैटौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिताको उपाधि शनिबार जितेका छन् ।

फ्रिस्टायल बेस्ट रन स्पर्धाको पुरुषमा विजय तथा महिलामा समिक्षा पहिलो भएका हुन् ।
नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा बसन्त राई दोश्रो तथा गजेन्द्र बर्देवा तेश्रो भए ।

महिलामा स्वाति श्रेष्ठ दोश्रो तथा अर्लिन लामा तेश्रो स्थानमा रहे । पुरुष÷महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।

रविभवनस्थित नाथम कलेजमा भएको प्रतियोगिताका विजेतालाई संघीय सांसद् शोभिता गौतम, आयोजक संघका अध्यक्ष अच्यूत खनाल, महासचिव सत्य थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए ।

प्रतियोगिताको पुरुषमा १ सय ५० तथा महिलामा ४० गरी १ सय ९० खेलाडी सहभागी थिए । शुक्रबार खेलाडीको छनोट प्रतियोगिता भने सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको थियो । त्यसबाट पुरुष÷महिलामा समान १०–१० खेलाडी फाइनल चरणलाई छनोट गरिएको थियो ।

काठमाडौंमा राष्ट्रिय प्रतियोगिता भएको यो तेश्रो पटक हो । बाँकीका तीन संस्करण पर्यटकीय नगरी पोखरामा भएको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →