← समाचारमा फर्कनुस्
एसियाड र काभाका लागी बन्द प्रशिक्षणमा १८ खेलाडी छनोट

काठमाडौ- नेपाल भलिबल संघले आज शुक्रबार चीनमा आयोजना हुने १९औं एसियाली खेलकुद (एसियाड) र किर्गिस्तानमा हुने काभा पुरुष भलिबल नेसन्स लिगका लागि बन्द प्रशिक्षणमा १८ खेलाडी छनोट गरेको छ।
संघले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा खुल्ला छनोट हुदै बन्द प्रशिक्षणमा हुदै अन्तिम १८ खेलाडी छनोट गरेको हो।
काभा पुरुष नेसन्स लिग जुन १६ देखि २५ सम्म हुदा एसियाड सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुँदैछ ।
छनोट भएका १८ खेलाडी
स्पाइकरः
मान बहादुर श्रेष्ठ, धन बहादुर भट्ट क्षेत्री, बिशाल विक, रविन चन्द, रवि केसी, धिरोज काजी बस्नेत, टेक राज अवस्थी, राजेन्द्र विष्ट र हेमन्त मल्ल
सेटरः
हरि हजुर थापा, लोकेन्द्र गिरी र सम्राट भण्डारी
मिडल ब्लकरः
दुर्गा बहादुर खड्का, हरि बहादुर अधिकारी, सफल विक र मनिष मानन्धर
लिवेरोः
विनोद चन्द र भीम गाहा
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |