← समाचारमा फर्कनुस्
Volleyball May 26, 2023 · Shishir

काभा भलिबलको सेमिफाइनमा नेपालले आज काजखस्तानसँग खेल्दै

काभा भलिबलको सेमिफाइनमा नेपालले आज काजखस्तानसँग खेल्दै

काठमाडौ- जारी काभा वुमन्स भलिबल च्यालेन्ज कपमा नेपालले आज फाइनल प्रवेशका लागी बलियो टोलि काजखस्तानविरुद्ध खेल्दैछ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा नेपालका खेल साझ ५ बजेबाट सुरु हुनेछ।

नेपाल समूह ए को उपविजेताका रुपमा सेमिफाइनल पुग्दा काजखस्तान समुह बि को विजेता टिम हो।

काजखस्तानलाई प्रतियोगिताकै सबैभन्दा बलियो टोलिको रुपमा हेरिएको छ। नेपाल आजको खेल जित्दै उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य नजिक पुग्ने योजनामा रहेको छ।

काजखस्तान प्रतियोगितामा अपराजित टिम हो। नेपालले भने यसअघि भारतसंग हार व्यहोरेको थियो।

प्रतियोगिताको समूह ए मा नेपाल र किर्गिस्तानसहित भारत र बंगलादेश र समूह बी मा काजाखस्तान, उज्वेकिस्तान, श्रीलंका , माल्दिभ्स रहेका थिए।

दुई समूहको राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिस्पर्धा गर्नेछन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →