एशिया यू–२० सेभेन्स महिला तथा पुरुष रग्बी प्रतियोगिता नेपालमा आयोजना हुने

एशिया यू–२० सेभेन्स महिला तथा पुरुष रग्बी प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ। एशिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो।
नेपाल रग्बी संघका अनुसार प्रतियोगिता भाद्र २ र ३ गते आयोजना हुने छ। गत वर्ष नेपाल रग्बी संघले पहिलो पटक एशिया यू–१८ सेभेन्स रग्बी प्रतियोगिताको आयोजना गरेको थियो। यो नेपालले आयोजना गर्न लागेको दोस्रो ठूलो अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता हो।
यसले भविष्यमा ठूला प्रतियोगिताको आयोजना गर्ने बाटो खुलेको नेपाल रग्बी संघका महासचिव गोबिन्द घिमिरेले बताए। उनका अनुसार प्रतियोगितामा एशियाका भारत, थाइल्यान्ड, मलेसिया, चाइनिज ताइपेड, हङकङ, उज्बेकिस्तान र नेपालको सहभागिता रहनेछ। जसमा पुरुष रग्बी सेमेन्सतर्फ ७ राष्ट्र र महिलातर्फ नेपाल, थाइल्यान्ड र मलेसियाले सहभागिता जनाउने छन्।
प्रतियोगिताको च्याम्पियन टोलीले एशिया रग्बीको ट्रफी प्राप्त गर्ने घिमिरेले जनाकारी दिए। प्रतियोगिता सञ्चालन गर्न ७२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यसका लागि एशिया रग्बी, राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद परिषद् र विभिन्न प्रायोजकहरूले साथ दिएको घिमिरे बताए।
उनका अनुसार प्रतियोगिताका लागि नेपाली यू–२० महिला तथा पुरुष राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पोखरामा सञ्चालन भइरहेको छ। श्रीलंकन प्रशिक्षक विजेलाथ सेनले गत असार १४ गतेबाट दिइरहेको उक्त प्रशिक्षण थालेका हुन्।
नेपाल रग्बी संघले गतवर्ष विश्व रग्बी महासंघको पूर्ण सदस्यता पाएको थियो। सन् २०२२ मा नेपालले बंगलादेशमा गएर बंगबन्धु कपमा पहिलो पटक १५ ए साइडमा रग्बीमा डेब्यू गरेको थियो। त्यसयता टोलीले भारतमा गएर एशिया रग्बी च्याम्पियनसिप डिभिजन ३ खेलेको थियो। सोही खेललाई मध्यनजर गर्दै विश्व रग्बी महासंघले पूर्ण सदस्यता दिएको हो।
नेपाली रग्बी टोलीले चीनमा आयोजना हुन लागेको १९औँ एशियाली खेलकुदमा इतिहास मै पहिलो पटक सहभागि जनाउन लागेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |