← समाचारमा फर्कनुस्
पासाङ ब्लोन पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वासमा प्लेटतर्फ च्याम्पियन

काठमाडौँ, साउन २६ गते- पासाङ ब्लोनले शुक्रबार पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता २०८० अन्तर्गत प्लेट विधाको उपाधि जित्नुभएको छ ।
पासाङले फाइनलमा विनायक श्रेष्ठलाई ११–८, ११–८ र ११–९ ले सोझो सेटमा हराउनुभयो ।
यसैगरी, महिला एकलको फाइनल राष्ट्रिय च्याम्पियन विपना ब्लोन र गत संस्करणको विजेता कृष्णा थापाबीच हुने भएको छ ।
पाँच खेलाडी सामेल राउन्डरोविनमा यी दुवैले तीन÷तीन खेल जितेपछि शीर्ष दुई स्थानमा रहेर विपना र कृष्णा शनिबार हुने फाइनलमा पुग्नुभएको हो ।
अन्तिम दिन शनिबार पुरुष् एकलमा उपाधि रक्षा अभियानमा रहेका अरहन्त केशर सिम्हा र दीपक थापा तथा यु१९ मा पासाङ र विकास मगरबीच पनि फाइनल हुनेछन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |