← समाचारमा फर्कनुस्
Volleyball May 26, 2023 · Shishir

नाटकिय सेमिफाइनलमा नेपाल पराजित

नाटकिय सेमिफाइनलमा नेपाल पराजित

काठमाडौ- पाचौ सेटसम्म पुगेको नाटकिय सेमिफाइनल खेलमा नेपालको काभाको उपाधिमा ह्याट्रिक गर्ने सपनामा पुर्ण विराम लागेको छ।

त्रिपपरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको खेलको  पहिलो सेट गुमाएको नेपालले त्यसपछि लगातार दुई सेट जित्दै जित नजिकको अवस्थामा पुगेको थियो। तर त्यसपछि लगातार दुईसेट गुमाएसंगै नेपाल ३-२ को सेटमा पराजित भएको हो।

नेपाल काजाखस्तानसंग(२८ः३०, २५ः१६, २५ः१५, १८ः२५ र ७ः१५   गरि ३-२ को सेटमा पराजित भएको हो।

पहिलो सेटमा नेपालले १०ः१० को अवस्थाबाट खेलमा पहिलोपटक अग्रता लिएको थियो। त्यसपछि २३ः२० को स्थितिबाट नेपालले लगातार तीन अंक ल्याउदै २३ः२३ को स्थिति मा खेललाई फर्काएको थियो। त्यसपछि खेल २४ः२४ हुदै २८ः२८ को स्थितिमा पुगेको थियो।

यसरिनै प्रतिस्पर्धीत्मक बनेको पहिलो सेट नेपालले २८ः३० ले गुमायो।

दोस्रो सेटमा जित्नेपर्ने दबाबमा रहेको नेपालले सुरुवाती २ः० को अग्रता लिएको थियो। शानदार प्रदर्शन गर्दै नेपालले १०ः३ गरि ७ अंकको अग्रता पनि बनाएको थियो। नेपालकी मुख्य स्टार खेलाडी सरस्वति चौधरिले उत्क्रिष्ट स्पाइक गर्दा कजाखस्थानविरुद्ध नेपाल हावि बनेको थियो। 

अन्तिममा २४ः१६ को बलियो स्थितिमा बनेको नेपालले लगातार अंक जोड्दै दोस्रो सेटमा २५ः१६ अंक ल्याउदै खेलमा कमब्याक गरेको थियो।

तेस्रो सेटमा घरेलु दर्शकको माझमा खुलेको नेपाली टोलिले सुरुवाति अग्रता लिदै दबाद सिर्जना गरेको थियो। सुरुवातदेखिनै आक्रमक बनेको नेपालले काजाखस्तानविरुद्ध ५ः१ को अग्रता लिएको थियो। यो सेटमा सरस्वति चौधरि विपक्षिका लागी घातक बनिन्।

सधै समर्थककि प्रिय बनेकि उषा भण्डारि आज भने तुलनात्मक रुपमा धेरै प्रभाव पार्न सकिनन्।

एकतर्फि हावि बनेको नेपालले २३ः१२ को अग्रता बनाएको थियो। उत्क्रिष्ट प्रदर्शन गरेको नेपाले तेस्रो सेट कप्तान अरुणा शाहिको टेक्निकल फिनिसिंगमा २५ः१५ ले जित्यो।

चौथो सेटमा नेपालले पहिलो अंक नै नेपालले जितेको थियो। तर त्यसपछि लगातार अंक गुमाएको नेपाल ३ः१२ को स्थिति हुदै ९ अंकले पछि पर्न पुग्यो। त्यसपछि खेलमा फर्किदै नेपालल ६ः१२ को स्थितिमा पुगेपनि त्यसलाई निरन्तरता दिन नसक्दा नेपाल अघि आउन सकेन। अन्तिम समयमा नेपाल १०ः२० को कमजोर स्थितिमा पुगेको थियो।

काजाखस्थानविरुद्ध निर्य बनेको नेपाल चौथो सेटमा २५ः१८ ले पराजित हुन पुग्यो।

पाचौ तथा अन्तिम सेटमा पहिलो अंक नेपालले जोडेको थियो। प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलि २ः२ को अवस्थामा रहेका थिए। त्यसपछि लगातार तीन अंक गुमाउदै नेपाल २ः५ ले पछि पर्यो। त्यसपछि लगातार दबाबमा बसेको नेपाल २ः८ हुदै ३ः१० को स्थितिमा पुग्यो। 

प्रतिस्पर्धात्मक खेलमा नेपालले अन्तिम सेट ७ः१५ ले गुमाउदै पराजित भयो।

अघिल्ला खेलहरुमा कमजोर रिसिभिंग गरेको नेपालले आज त्यसलाई सुधार गरेको थियो। त्यस्तै सर्भिसमा पनि नेपालले घेरै सुधार गरेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →