← समाचारमा फर्कनुस्
बंगलादेशलाई हराउदै नेपाल काभा भलिबलको सेमिफाइनलमा

काठमाडौ- एनएससी-काभा महिला भलिबल च्यालेन्ज कपमा बंगलादेशलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको तेस्रो खेलमा नेपालले बॅगलादेशलाई (२५ः१०,२८ः८ र २५ः९) गरि ३-० को सोझो सेटमा पराजित गरेको हो।
यो जितसंगै नेपाल दुईखेल अघिनै सेमिफाइनल प्रवेश गरेको हो। त्यस्तै भारत पनि नेपालसंगै समुह ए बाट सेमिफाइनल प्रवेश गरेको छ।
उता कीर्गिस्तान र बांगलादेश प्रतियोगिताबाट बाहिरिएका छन्।
प्रतियोगिताको समूह ए मा नेपाल र किर्गिस्तानसहित भारत र बंगलादेश छन् । त्यस्तै समूह बी मा काजाखस्तान, उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स छन् ।
दुई समूहको राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिस्पर्धा गर्नेछन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |