← समाचारमा फर्कनुस्
Football Jul 28, 2023 · Shishir

एशियाली खेलकुद : नेपालले जापान र भियतनामसँग खेल्ने

एशियाली खेलकुद : नेपालले जापान र भियतनामसँग खेल्ने

काठमाडौँ– चीनको हाङ्झाउमा आयोजना हुने १९औँ एशियाली खेलकुदअन्तर्गत फुटबल खेलमा नेपाली महिला टोलीले जापान र भियतनामसँग प्रतिस्पर्धा गर्ने भएको छ। 

बिहीबार सार्वजनिक भएको समूह विभाजनअनुसार नेपाल फिफा विश्वकप खेलिरहेको जापान र भियतनामसँगै समूह ‘डी’ मा परेको हो। यो समूहमा साफ विजेता बंगलादेश पनि छ।

एशियाली खेलकुदमा महिला फुटबलतर्फ १८ राष्ट्र सहभागी छन्। ती सहभागी १८ राष्ट्रको टोलीलाई पाँच समूहमा विभाजन गरिएको छ। समूह ‘डी’ र ‘ई’ मा ४/४ टोली छन्। अन्य समूहमा भने ३/३ टोली छन्। एशियाली खेलकुद असोज ६ देखि २१ गतेसम्म हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →