← समाचारमा फर्कनुस्
राष्ट्रिय पुरुष भलिबल टिमका लागी खुला छनोट हुने

काठमाडौ- नेपाल भलिबल संघले नेपाली राष्ट्रिय पुरुष टिमको निर्माण गर्न खुला छनोट गर्ने भएको छ ।
उक्त टिमले एसियन गेम्स र काभा नेशन्स लिगमा सहभागिता जनाउनेछ।
नेपाल भलिबल संघले चीनको हान्झोउमा हुने एसियन गेम्स र कीर्गिस्तानमा हुने काभा नेशन्स लिगका लागि खेलाडीको खुला छनोट गरिने जनाएको छ ।
छनोट कार्यक्रम संघले २०८० वैशाख २०, २१ र २२ गते त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा गराउने भएको हो।
एसियन गेम्स सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनमा हुँदैछ । यस्तै काभा पुरुष नेसन्स लिग जुन १६ देखि २५ सम्म कीर्गिस्तानको बिस्केकमा हुनेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |