हाङझाव एसियाडको तयारी प्रशिक्षण वैशाखदेखि

काठमाडौँ- चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदको तयारी प्रशिक्षण वैशाख ११ गतेदेखि सुरु हुने भएको छ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले बुधबार आयोजित पत्रकार सम्मेलनमा पहिलो चरणको प्रशिक्षण वैशाख ११ देखि जेठ ३ गतेसम्म हुने जानकारी दिएका हुन्।
पहिलो चरणको प्रशिक्षणमा ४२५ खेलाडी सहभागी हुनेछन्। २९५ खेलाडी सहभागी हुने दोश्रो चरणको प्रशिक्षण जेठ ६ देखि २५ गतेसम्म हुनेछ।
अन्तिम चरणको प्रशिक्षण जेठ २६ देखि भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ। अन्तिम चरणमा खेलाडी संख्या १६८ कायम हुनेछ।
नेपालले हाङझाव एसियाडमा सहभागिता जनाउने खेलहरुमा तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल (थ्री बाइ थ्री), फेन्सिङ, ह्यान्डबल, कबड्डी, टेबलटेनिस, भलिबल, ब्याडमिन्टन, क्रिकेट र सुटिङ छन्। एसियाली खेलकुद यसै वर्षको सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुनेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |