← समाचारमा फर्कनुस्
राष्ट्रिय स्केटबोर्ड सुरु

काठमाडौं । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा छैटौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।
पहिलो दिन खेलाडी छनोट प्रतिस्पर्धा भयो । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको छनोट प्रतिस्पर्धाबाट फाइलन चरणका लागि पुरुष÷महिलामा समान १०–१० खेलाडी छनोट भएको आयोजक संघका अध्यक्ष अच्यूत खनालले जनाएका छन् ।
फाइनल प्रतिस्पर्धा शनिबार हुनेछ । फाइनल भने रविभवनस्थित नाथम कलेजमा हुनेछ ।
फ्रिस्टायल बेस्ट रन स्पर्धा भइरहेको प्रतियोगिताको पुरुषमा १ सय ५० तथा महिलामा ४० गरी १ सय ९० खेलाडी सहभागी छन् ।
पुरुष÷महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |