← समाचारमा फर्कनुस्
Top Headlines Aug 17, 2023 · Shishir

एन्फाले राष्ट्रिय फुटसल टोली खुला छनोटबाट बनाउने

एन्फाले राष्ट्रिय फुटसल टोली खुला छनोटबाट बनाउने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले खुला छनोटमार्फत् राष्ट्रिय टोलीको छनोट गर्ने भएको छ। मंगोलियामा आयोजना हुने एएफसी फुटसल एशियन कप छनोट २०२४ मा सहभागिता जनाउनका लागि खुला छनोटमार्फत् राष्ट्रिय टोलि बनाउन लागेको एन्फाले जनाएको छ।

एन्फाका अनुसार छनोट प्रतियोगिता चन्द्रगिरिस्थित मत्स्या रिक्रिएशन सेन्टरमा हुने छ।

एन्फाले इच्छुक खेलाडीलाई भाद्र १० देखि १५ सम्ममा दर्ता फारम भर्न भनेको छ। तर, छनोटको मिति भने सार्वजनिक गरेको छैन।

एन्फाले गत सोमबार गौरव बस्नेतलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। उनले यसअघि पनि राष्ट्रिय फुटसल टोली हेरेका थिए। यस्तै, सहायक प्रशिक्षकमा भने थमन भुसाल नियुक्त भएका छन्।

छनोट प्रतियोगितामा सहभागी ३१ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘डी’ मा रहेको छ। उक्त समूहमा नेपाल र आयोजक मंगोलियासँगै भियतनाम र दक्षिण कोरिया छन्। समूह चरणका खेलहरू आगामी अक्टोबर ७ देखि ११ तारिखसम्म हुने छ। 

हरेक समूहको शीर्ष दुईमा रहने टोली सोझै एएफसी फुटसल एशियन कपमा पुग्ने छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →