एनभीए क्लब लिग महिला तथा पुरुष भलिबलको खेल तालिका सार्वजनीक

सातौं प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा असार २३ गते शनिवारदेखि सुरुहुने प्रतियोगिताको उद्घाटन खेलमा महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लबले गण्डकी प्रदेशसंग खेल्नेछ। खेल विहान ८ बजेबाट सुरु हुनेछ ।

प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस क्लब, न्यू डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लव, एभरेस्ट भलिवल क्लब बुटवल र गण्डकी प्रदेश भलिबल संघको सहभागिता रहने छ ।
पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस क्लब , त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ बलब, नेपाल पुलिस क्लब, दावाली मिलन क्लब, गण्डकी प्रदेश भलिबल संघ, शैलुङ्ग बागढुङ्गा स्पोर्टस क्लब रामेछाप रहनेछन्।
सात दिनसम्म चल्ने प्रतियोगिताको महिला तथा पुरुषतर्फ शीर्ष चार स्थान प्राप्त गर्नेले क्रमशः ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |