आईटीएफ तेक्वान्दो टोली

काठमाडौं, साउन १५ गते । सातौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली सोमबार भारतको हैदराबाद प्रस्थान गरेको छ ।
खेलाडीमा लीलाकुमारी सापकोटा, सुनिल महतो, सन्चिता श्रेष्ठ, तेन्जिङ दावा तामाङ, सविना तामाङ, मुना राई, रोनिका पराजुली, अनिल खड्का, रोशन घिसिङ, विनिता थापा मगर, निर्मल लामा, साहिल दोङ, डोल्मा गुरुङ र रिक्साङ वाइबा तामाङ रहेका छन् ।
प्रशिक्षकमा इश्वर थापा मगर, धनराज तामाङ, सपुत मोक्तान र मोतीलाल घिसिङ छन् । प्रतियोगितामा अञ्जन धमला, अन्जु रावत, पुकार केसी, रुपसिंह तामाङ, राजेश बोलाखे, तुलसी थापा मगर र दिलमाया गुरुङले अम्पायरको भूमिका निर्वाह गर्ने छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र नेपाल आईटीएफ तेक्वान्दो महासंघका सदस्य गोपाल श्रेष्ठले सोमबारै एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता अगष्ट ४ देखि ६ तारिखसम्म हुनेछ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |