← समाचारमा फर्कनुस्
Top Headlines May 15, 2023 · Shishir

कमललाई दोहोरो पदक

कमललाई दोहोरो पदक

काठमाडौ- नेपालका कमल मगरले उमा (डब्लुयुएमए) युरोपिन च्याम्पियनसिपमा दोहोरो पदक जितेका छन् । कमलले चाइनिज क्रिएटिभमा स्वर्ण तथा वेपन्स फर्ममा कांस्य जितेको नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राईले जनाएका छन् ।

इङल्यान्डको ग्लोसस्टरमा भएको प्रतियोगितामा कमलले चाइनिज क्रिएटिभमा ८ खेलाडीलाई पछि पार्दै पहिलो स्थान हात पारेका हुन् । वेपन्स फर्ममा कमलसहित ७ खेलाडी सहभागी थिए ।

यसअघि कमलले इङल्यान्डमा भएको उमा विश्व च्याम्पियनसिपमा स्वर्ण, क्रोएसियामा भएको विश्व कपमा स्वर्ण, अस्ट्रियामा भएको विश्व कपमा रजत तथा थाइल्यान्डमा भएको सान्डा बक्सिङमा रजत जितेका थिए । कमलको व्यवस्थापकमा नेपाल उमा कुङफु संघ, कोशी प्रदेशका सदस्य सुरेन राई रहेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →