नेपालमा पहिलो पटक मिक्स्ड मार्सल आर्टस प्रतियोगिता हुँदै

काठमाडौं – ओमेगा च्याम्पियनसिप नाम दिएको मिक्स्ड मार्सलआर्टस प्रतियोगिता आउदो जुलाई १५ मा नेपालमै पहिलो पटक आयोजना हुने भएको छ।
काठमाडौंमा आयोजक ओमेगा फाइट टिमले मंगलबार पत्रकार सम्मेलन गर्दै पहिलो पटक हुन गइरहेको ओमेगा च्याम्पियनसिपबारे जानकारी दिएको हो।
प्रतियोगितामा प्रोफेसनल र एमेच्योर गरेर दुई फरक फरक विधामा प्रतियोगिता हुनेछ। फ्रोफेसनलमा तीन खेल हुने भए पनि नेपालमा एक मात्र प्र्रोफेसनल खेलाडी रहेका छन्।
‘नेपालमा प्रो खेलाडी धेरै छैनन्। यहाँको मिक्स्ड मार्सल आट्र्स समूदाय पनि सानो छ। मैले आफ्नै देशमा यो प्रतियोगिता खेल्न पाउँदा निकै खुसी महशुस गरेको छु,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रो खेलाडी कोशिश श्रेष्ठले भने।
उनले प्रोअन्तर्गत भारतका विकी ग्वाडसँग प्रतिस्पर्धा गर्नेछन्। प्रोका बाँकी दुई खेलमा भने भारतकै खेलाडी रहेका छन्।
२० खेलाडी सहभागी रहेको प्रतियोगिता अन्तर्गत प्रोमा भारतका पाँच र एमेच्योरमा तीन खेलाडी गरि ८ खेलाडी सहभागी छन्। बाँकी खेलाडी चाहिँ नेपालकै हुन्।
अनमोल बेन्क्वेटमा हुने प्रतियोगिता साँझ साढे ५ बजेबाट राति १० बजेसम्म सञ्चालन हनेछ। सिजन १ भनिएको यो च्याम्पियनसिप नेपाली खेलाडीका लागि मिक्स्ड मार्सल आर्ट्समा अवसर प्रदान गर्नका लागि आयोजना गरिएको आयोजकको भनाई छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |