← समाचारमा फर्कनुस्
Top Headlines Jul 09, 2023 · Shishir

मनास्लु र आईएसलाई गोल्डेनगेट बास्केटबल उपाधि

मनास्लु र आईएसलाई गोल्डेनगेट बास्केटबल उपाधि

काठमाडौं, असार २४ गते ।मनास्लु वल्र्ड कलेज र आईएस नेपालले गोल्डेनगेट इन्टरनेसनल कलेज एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । मनास्लु ब्वाइज तथा आईएस गल्र्समा च्याम्पियन बने ।

बत्तीसपुतलीस्थित आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा मनास्लुले ग्रान्डीलाई २०–१७ ले पराजित ग¥यो ।

गल्र्सको उपाधि भिडन्तमा आईएसले आयोजकको बोर्न टु हुपलाई १६–७ ले हरायो । ब्वाइज÷गल्र्स दुवैमा पहिलो हुनेले २० हजार तथा दोश्रो हुनेले १० हजार नगद पुरस्कार हात पारे ।

ब्वाइजमा मनास्लुका कोशिस भुजेल तथा गल्र्समा आईएसएकी सन्ध्या डंगोल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले जनही ५ हजार नगद पुरस्कार पाए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव एवं गोल्डेनगेटका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार सिल्वाल र गोल्डेनगेटका प्रिन्सिपल रोहितबहादुर पौडेलले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

तीनदिने प्रतियोगिताको ब्वाइजमा २२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । राउन्ड रोविन लिगका आधारमा भएको गल्र्सको प्रतिस्पर्धामा ४ टिम सहभागी थिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →