← समाचारमा फर्कनुस्
Top Headlines Jul 06, 2023 · Shishir

मनास्लु र बलर्सलाई उपाधि

मनास्लु र बलर्सलाई उपाधि

काठमाडौं, असार २० गते ।मनास्लु वल्र्ड कलेज र बलर्स बास्केटबल एकेडेमीले चौथो सूर्योदय एसइइ खुला थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । मनास्लु ब्वाइज तथा बलर्स गल्र्समा च्याम्पियन बने ।

घट्टेकुलोस्थित आयोजक सूर्योदय माविको कोर्टमा भएको ब्वाइज फाइनलमा मनास्लुले ग्रान्डीलाई १७–१६ को साँघुरोअन्तरले पराजित ग¥यो । उपाधिसंगै मनास्लुले १५ हजार तथा बलर्सले १० हजार नगद पुरस्कार प्राप्त गरे । टाइम आउट तेश्रो भयो ।
गल्र्सको रोमाञ्चक उपाधि भिडन्तमा बलर्सले आईएसए नेपाललाई अत्तिरिक्त समयमा १२–११ ले हरायो । निर्धारित समयको खेल १०–१० को बराबरीमा टुंगिएको थियो । बलर्सले १० हजार तथा आईएसएले ५ हजार नगद पुरस्कार पाए । टिभ्सले तेश्रो स्थानमा चित्त बुझायो ।

ब्वाइज÷गल्र्स दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १०० प्रतिशत, ५० प्रतिशत र ३० प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने प्रतियोगिता संयोजक राजेन्द्र कपालीले जनाएका छन् । सहभागी टिमका प्रत्येक खेलाडीलाई पनि २० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ ।

ब्वाइजमा मनास्लुका निरन लामा तथा गल्र्समा बलर्सकी पेम्बा डोमा शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित   भए । दुवैले १०० प्रतिशत छात्रवृत्ति पाउने छन् ।

विजेतालाई राष्ट्रिय महिला बास्केटबल टिमकी कप्तान सदिना श्रेष्ठ, सूर्योदय एडुकेसन फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर केसी, प्यासिफिक हस्पिटालिटी क्युलीनरी एकेडेमी (पीएचसीएए) का प्रबन्ध निर्देशक सुशिल थापालगायलते एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा सूर्योदयले सदिनालाई १५ हजार नगदसहित सम्मान गरेको थियो । दुईदिने प्रतियोगिताको ब्वाइजमा २४ तथा गल्र्समा १२ टिम सहभागी थिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →