← समाचारमा फर्कनुस्
Football Jul 24, 2023 · Shishir

एएफसी कप : मछिन्द्रले भित्र्यायो आशिषसहित ८ खेलाडी

एएफसी कप : मछिन्द्रले भित्र्यायो आशिषसहित ८ खेलाडी

शहिद स्मारक ए डिभिजन लिग उपविजेता मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोटको प्रारम्भिक चरण खेल्नका लागि ८ नयाँ खेलाडी भित्र्याएको छ। मछिन्द्रले प्रारम्भिक चरणमा भुटानको पारो एफसीसँग खेल्दै छ। छनोट खेल आगामी अगस्ट ८ मा हुने एसियाली फुटबल महासंघ (एएफसी)ले जनाएको छ।

मछिन्द्रका म्यानेजर अनिल श्रेष्ठका अनुसार यस प्रतियोगिताको लागि ८ नयाँ खेलाडी भित्र्याएको हो। मछिन्द्रले चर्च ब्वाइजबाट आसिष चौधरी, संकटाका आयुश घलान, संकटाकै एरिक विष्ट, थ्रीस्टारका लाकेन लिम्बू, एफसी खुमलटारका मेसुके ओलोमाउ, एपीएफका सनिश श्रेष्ठ, खुमलटारका रेजिन सुब्बा र रोहित सुब्बा  भित्र्याएको हो। 

उनीहरूलाई एक महिना दुई महिना कति प्रतियोगिता हुन्छ, त्यतिन्जेलको लागि क्लबमा भित्र्याएका हौँ। हामीले यस प्रतियोगिताका लागि एन्फा एकेडेमीमा प्रशिक्षण थालिसकेका छौँ, श्रेष्ठले भने।

मछिन्द्रले एएफसी कपमा दोस्रोपटक सहभागीता जनाउन लागेको हो। गतवर्ष मछिन्द्रले ए डिभिजन लिगको उपाधि जित्दै यस प्रतियोगितामा सहभागिता जनाएको थियोे। यसपटक चर्च ब्वाइजले उपाधि जितेको थियोे। तर, चर्च ब्वाइजसँग एएफसीको क्लब लाइसेन्स नहुँदा मछिन्द्रले मौका पाएको हो।

यसअघि गत वर्ष दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले श्रीलंकाको ब्लु स्टारसँग २–० गोलअन्तरको हार बेहोरेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →