← समाचारमा फर्कनुस्
Top Headlines May 10, 2023 · Shishir

ए डिभिजन लिगमा आज दुई खेल हुदै

ए डिभिजन लिगमा आज दुई खेल हुदै

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुदै छन् । आज दुवै खेल अपराहन्न ३ बजेदेखि हुदै छन् ।

एन्फा कम्प्लेक्समा मछिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुदैछ ।

जारी लिगमा चर्च ब्वाइज १५ खेलमा २७ अंकसहित शिर्ष स्थानमा छ भने मछिन्द्र १५ खेलमा २४ अंकसहित चौथो स्थानमा रहेको छ ।

त्यस्तै दशरथ रंगशालामा विभागीय भिडन्त हुदैछ । जसमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने छन् ।

त्रिभुवन आर्मी क्लबको १५ खेलमा २१ अंक छ र लिगमा छैटौं स्थानमा रहेको छ । त्यस्तै एपीएफ क्लबको १५ खेलमा १९ अंक छ र लिगमा ११औं स्थानमा रहेको छ ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →