← समाचारमा फर्कनुस्
सिसे:क्पा कप को उपाधि मर्स 'ए' लाई

काठमाडौं । चौथो संस्करणको सिसे:क्पा कप फुटसल प्रतियोगिता २०२३ को उपाधि मिडिया इभेन्ट रिसर्च सेन्टर (मर्स)ले जितेको छ।
आइतबार ललितपुरको फुटसल भिलेजमा सम्पन्न फाइनल खेलमा मर्स 'ए'ले ड्रिमर्स एफसीलाई ३-० गोलले पराजित गरेको हो।
उपाधि सँगै मर्स 'ए' ले नगद ६० हजार ट्रफी मेडल प्राप्त गरेको छ। यता उपविजेता ड्रिमर्स एफसीले नगद ३० हजार ट्रफी मेडलमा चित्त बुझायो।
आयोजक याक्थुङ युवा मञ्चले सञ्चालन गरेको यस प्रतियोगिता शनिबारबाट सुरु भएको थियो।
प्रतियोगितामा ४५ टोलीको सहभागिता रहेको थियो।
यस्तै फाइल खेल अघि महिला टोलीको मैत्रिपुर्ण खेल पनि सम्पन्न भएको थियो। जसमा दुबै टोलीले १-१ गोलको बराबरी खेल्दै नगद ५-५ हजार प्राप्त गरेका थिए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |