← समाचारमा फर्कनुस्
Volleyball Apr 15, 2023 · Shishir

राष्ट्रिय पुरुष भलिबलको उपाधि एपीएफलाई

राष्ट्रिय पुरुष भलिबलको उपाधि एपीएफलाई

काठमाडौ- प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफ क्लबले जितेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल त्रिपुरेश्वरमा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै एपीएफले उपाधि जितेको हो।

एपीएफले पुलिसमाथि २५-२०,१८-२५, २५-१६ र २५- २२ गरि ३-१ को सेटमा जित निकालेको हो ।

यो उपाधिसँगै एपीएफले ४ लाख नगद प्राप्त गर्दा उपविजेता बनेको  पुलिसले २ लाख प्राप्त गरेको छ। 

त्यस्तै प्रतियोगितामा त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशलाई ३-० को सेटमा हराउदै तेस्रो स्थानमा रहदै नगद १ लाख र चौंथो भएको गण्डकीले ५० हजार प्राप्त गरेको छ ।

प्रतियोगितामा तीन विभागीयसहित गण्डकी र सुदूरपश्चिम गरि ५ टोलीको सहभागिता रहेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →