← समाचारमा फर्कनुस्
Volleyball May 24, 2023 · Shishir

काभा भलिबलमा बांगलादेशविरुद्ध कीर्गिस्तानको सान्तवना जित

काभा भलिबलमा बांगलादेशविरुद्ध कीर्गिस्तानको सान्तवना जित

काठमाडौ- एनएससी-काभा महिला भलिबल च्यालेन्ज कपमा बांगलादेशविरुद्ध कीर्गिस्तानले सान्तवना जित दर्ता गराएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको पहिलो खेलमा बांगलादेशविरुद्ध ३-० को सोझो सेटमा कीर्गिस्तान विजयी भएको हो। पहिलो सेट २५-१७, दोस्रो सेट २५-११ ले जितेको थियो । निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट भने किर्गिस्तानले २५-२० ले जित हात पार्यो ।

समूहमा ए मा रहेका यी दुवै टोलि प्रतियोगिताबाट बाहिरिसकेका छन्।बांगलादेश जितविहिन हुदै प्रतियोगिताबाट बाहिरिएको छ। दुवै टोलि भारत र नेपालसंग पराजित भएका थिए।

प्रतियोगिताको समूह ए मा नेपाल र किर्गिस्तानसहित भारत र बंगलादेश छन् । त्यस्तै समूह बी मा काजाखस्तान, उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स छन् ।

दुई समूहको राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिस्पर्धा गर्नेछन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →