← समाचारमा फर्कनुस्
Volleyball Aug 11, 2023 · Shishir

किंग्स कप भलिबलः पुलिस फाइनलमा

किंग्स कप भलिबलः पुलिस फाइनलमा

काठमाडौं । गण्डकी प्रदेशमाथि जित निकाल्दै विभागीय नेपाल पुलिस क्लब दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शुक्रबार भएको खेलमा पुलिसले गण्डकीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

पुलिसले पहिलो र दोस्रो सेटमा जित हात पारेर खेल आफ्नो पक्षमा रहेको संकेत गरेको थियो । तेस्रो सेट जितेर गन्डकीले खेलमा फर्कने संकेत गरेको थियो । तर, चौथो सेटमा जित हात पारेर पुलिसले फाइनल यात्रा पक्का गर्यो । 

पुलिसले पहिलो र दोस्रो सेट क्रमश २५–२३, २६–२४ जितेको थियो । तेस्रो सेट २५–२२ गुमाउँदा चौथो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै पुलिसले जित निकाल्न सफल भयो । 

शुक्रबार नै हुनुपर्ने आयोजक किंग्स क्लब काठमाडौं र विभागीय नेपाल एपिएफ क्लबबीचको दोस्रो सेमिफाइनल खेल निरन्तरको वर्षाका कारण स्थगित भएको छ । तेस्रो सेट चलिरहँदा वर्षा भएपछि खेल पुन सुचारु हुन सकेन ।

अब यो खेल शनिबार सुरुआतबाटै हुनेछ ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →