← समाचारमा फर्कनुस्
Volleyball Aug 08, 2023 · Shishir

किंग्स कप : आजबाट सुरु, पहिलो खेलमा पुलिस र गणतान्त्रिक महासंघ भिड्ने

किंग्स कप : आजबाट सुरु, पहिलो खेलमा पुलिस र गणतान्त्रिक महासंघ भिड्ने

काठमाडौं । आजबाट सुरु हुने दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लब र नेपाल गणतान्त्रिक महासंघबीच हुने भएको छ 

आज पहिलो दिन ४ खेल हुनेछ । किंग्स क्लबले सोमबार जारी गरेको खेलतालिका अनुसार साउन २६ मा सेमिफाइनल तथा २७ गते फाइनल खेल आयोजना हुने छ ।

क्लबका अनुसार प्रतियोगितामा ८ वटा टोलीको सहभागीता रहने छ । सहभागी टोलीलाई समूह ए र बी मा विभाजन गरिएको छ ।

समूह ए मा आयोजक किंग्स क्लब सहित खोटाङ नेशनल युवा संघ, गण्डकी प्रदेश र जीएम समाज रहेका छन् ।यस्तै समूह बी मा विभागीय टोलीहरु नेपाल पुलिस र नेपाल एपीएफ क्लब तथा कोशी प्रदेश र नेपाल गणतान्त्रिक महासंघ रहेका छन् । 

प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गर्ने छन् ।

नेपाल भलिबल संघको स्विकृतीमा हुने यस प्रतियोगितामा संघले प्राविधिक सहयोग प्रदान गर्नेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →