← समाचारमा फर्कनुस्
Volleyball Aug 12, 2023 · Shishir

किंग्स कप भलिबलः उपाधिका लागी किंग्स क्लब र पुलिस भिड्ने

किंग्स कप भलिबलः उपाधिका लागी किंग्स क्लब र पुलिस भिड्ने

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लबमाथि जित निकाल्दै आयोजक किंग्स क्लब दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शनिबार भएको खेलमा किंग्सले एपीएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिका लागि नेपाल पुलिससँगको भेट पक्का गरेको छ ।

किंग्सले २५-१८, २५-२२ र २६-२४ अन्तरले जित हात पारेको हो । 

शुक्रबार नै हुनुपर्ने आयोजक किंग्स क्लब काठमाडौं र विभागीय नेपाल एपिएफ क्लबबीचको दोस्रो सेमिफाइनल खेल निरन्तरको वर्षाका कारण स्थगित भएको थियो । तेस्रो सेट चलिरहँदा वर्षा भएपछि खेल पुन सुचारु हुन सकेको थिएन ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ८ हजार नगद पुरस्कार पाउँने छ । हरेक विधाका उत्कृष्ट खेलाडीले जनही ३ हजार नगद पुरस्कार पाउँने छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →