← समाचारमा फर्कनुस्
Volleyball Aug 10, 2023 · Shishir

किंग्स कप सेमिफाइनल समिकरण पूरा

किंग्स कप सेमिफाइनल समिकरण पूरा

 दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । 

बिहीबार सम्पन्न समूह चरणका खेल पश्चात सेमिफाइनलमा पुग्ने चार टोलीको समिकरण स्पष्ट भएको हो । 

समूह चरणको खेल पश्चात समूह ए मा आयोजक किंग्स क्लब र गण्डकी प्रदेश तथा समूह बी बाट विभागीय टोलीहरु नेपाल पुलिस र नेपाल एपीएफ क्लबले सेमिफाइनलमा स्थान बनाएका हुन् । 

खराब प्रकाशका कारण बुधबार राकिएको नेपाल पुलिस र नेपाल एपीएफबीचको खेल आज पहिलो खेलका रुपमा भएको थियो । यस खेलमा एपीएफले ३-२ को सेटमा जित हात पार्यो । एपीएफले २५-१०, १५-२५, १५-२५, १८-२५ तथा १०-१५ ले जित हात पारेको थियो ।

दोस्रो खेलमा कोशी प्रदेशले पहिलो जित दर्ता गर्ने क्रममा गणतान्त्रिक महासंघ नेपाललाई ३-२ सेटमा पराजित गर्यो । 

कोशी २२-२५,२५-२३, १८-२५,२५-१८ तथा १५-१२ को सेटमा विजयी भएको थियो ।  

आज भएको तेस्रो खेलमा अपराजित रुपमा समूह चरण सकाएको गन्डकी प्रदेशले खोटाङलाई ३-० को सोझो सेटमा पराजित गर्यो । 

गन्डकीले २५-१७, २५-१५ र २५-१३ को अन्तरमा जित हात पारेको थियो । 

आजको चौथो खेलमा पुलिस खोटाङलाई ३-० को सोझो सेटमा पराजित गर्यो । पुलिसले २५-२१, २५-१५ र २५-२० को अन्तरमा जित हात पार्यो । 

आजको पाँचौ खेलमा आयोजक किंग्स क्लबले जीएम समाजलाई ३-० को सोझो सेटमा पराजित गर्यो । किंग्सले २५-२०, २५-१९ र २५-२० को अन्तरमा जित हात पार्यो । 

आजको अन्तिम खेलमा नेपाल एपीएफ क्लबले नेपाल गणतान्त्रिक महासंघलाई ३-२ को सेटमा पराजित गर्यो । एपीएफले १६-२५, २५-१३, २१-२५, २५-१६ र १५-१० को अन्तरले जित हात पार्यो । 

शुक्रबार बिहान साढे ११ मा हुने पहिलो सेमिफाइनलमा समूह ए को विजेता गन्डकी प्रदेश र समूह बी को उपविजेता नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।

दोस्रो सेमिफाइनल खेलमा समूह बी को विजेता नेपाल एपीएफ क्लब तथा समूह ए को उपविजेता किंग्स क्लबबीच दिउँसो साढे २ मा दोस्रो सेमिफाइनल खेल हुनेछ । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →