← समाचारमा फर्कनुस्
Top Headlines Sep 13, 2023 · Shishir

अग्रज खेलपत्रकार बोगटी र युवा पत्रकार सुबेदी सम्मानित

अग्रज खेलपत्रकार बोगटी र युवा पत्रकार सुबेदी सम्मानित

काठमाडौं, भदौ २७– नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले एनएसजेएफ पत्रकारिता अवार्डबाट मुकुन्द बोगटी र सुमन बम्जन युवा पत्रकारिताबाट रमेश सुबेदीलाई सम्मान गरेको छ ।

मञ्चको २८औं स्थापना दिवसको अवसरमा बुधबार नक्सालस्थित होटल क्राउन प्लाजामा एक कार्यक्रम आयोजना गर्दै अग्रज खेलपत्रकार बोगटी र युवा खेलपत्रकार सुबेदीलाई सम्मानित गरिएको हो । मञ्चले आफ्नो स्थापना दिवसको अवसरमा २०७१ सालदेखि अग्रज र २०७६ सालदेखि युवा खेलपत्रकारलाई सम्मान गर्दै आएको छ । सोहीअनुरूप मञ्चले स्थापना दिवसको अवसरमा बुधबार मञ्चका संस्थापक कोषाध्यक्षसमेत रहेका बोगटीलाई नगद २५ हजार र युवा पत्रकार सुबेदीलाई एउटा ल्यापटप, पुष्पगुच्छा र दोसल्ला ओडाएर सम्मान गरेको हो । 

उनीहरूलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, अखिल नेपाल फुटबल संघ(एन्फा) का महासचिव किरण राई र मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीलगायतले सम्मान गरेका थिए । अवार्डबाट सम्मानित बोगटीले अग्रजको योगदान स्मरण गर्दै मञ्चले गरेको सम्मानप्रति आभार प्रकट गरे । साथै उनले आजभन्दा २८ वर्ष अगाडि आफू १९ वर्षको उमेर हुँदा खेलकुद पत्रकार मञ्चको स्थापना गरिएको स्मरण गर्दै अहिले मञ्चको वृद्धि विकासप्रति पनि खुसी व्यक्त गरे ।    

सुमन बम्जन युवा पत्रकारिता अवार्डबाट सम्मानित सुबेदीले फुटबलको समर्थकका रूपमा खेलकुदमा प्रवेश गर्दै मञ्चकै प्रोत्साहनबाट खेल पत्रकारिता सुरु गरेको उल्लेख गर्दै यो अवार्ड लिन योग्य बनाएको मञ्च परिवारलाई धन्यवाद दिए । अहिलेसम्म एनएसजेएफ पत्रकारिता अवार्डबाट १० जना र सुमन बम्जन युवा पत्रकारिताबाट पाँच जना सम्मानित भइसकेका छन् । सो अवसरमा एन्फाका महासचिव किरण राईले खेलकुदप्रतिको लगावका कारण खेलकुद पत्रकारिता कलम चलाउँदै आएका खेलकुद पत्रकार पनि नेपाली खेलकुदकर्मी नै रहेको उल्लेख गर्दै नेपाली खेलकुद विकास खेलकुद पत्रकारको भूमिका पनि महत्वपूर्ण हुने धारणा राखे । 

एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले अनुज र अग्रजलाई मञ्चले गर्दै आएको सम्मान राम्रो संस्कारको विकास सुरु गरेको धारणा राखे । साथै उनले यो सम्मानले पुस्तान्तरण काम पनि गर्ने विश्वास व्यक्त गरे । राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्यसचिव टंकलाल घिसिङले खेलाडी र प्रशिक्षकका लागि नै मञ्चले निकै लोकप्रिय अवार्ड आयोजना गर्दै आएको स्मरण गर्दै पत्रकारिता सम्मानले पनि खेलकुद विकासमा पत्रकारलाई प्रोत्साहित गर्ने बताए । सम्मानित पत्रकारलाई बधाई दिँदै आगामी पत्रकारिताको यात्रा सशक्त बनाउन शुभकामना व्यक्त गरेका थिए । 

मञ्चले आफ्नो स्थापना दिवसका अवसरमा मंगलबार आन्तरिक फुटसल प्रतियोगिता पनि आयोजना गरेको थियो । उक्त प्रतियोगिताको विजेता र उपविजेतालाई राखेप सदस्यसचिव घिसिङले ट्रफी प्रदान गरेका थिए ।     

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →