← समाचारमा फर्कनुस्
Top Headlines Jun 30, 2023 · Shishir

खेलकुदको विकासका लागि प्रतिबद्ध छुः मन्त्री लिम्बू

खेलकुदको विकासका लागि प्रतिबद्ध छुः मन्त्री लिम्बू

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलकुदको विसका लागि आफू निरन्तर लागि पर्ने प्रतिवद्धता जनाएका छन् ।

मन्त्री लिम्बूले अहिलेको बजेटमा युवा तथा खेलकुद क्षेत्रको बजेट घटे पनि आफू नआत्तिएको बताए ।
आफूले युवा र खेलकुदको क्षेत्रमा केही गर्नकै लागि यो मन्त्रालय रोजेको प्रष्ट पार्दै ढिला गरी आफू मन्त्री नियुक्त हुँदा भनेजस्तो गरी कार्यक्रम र बजेट भने नआएको बताए ।

नेपाल लोकतान्त्रिक खेलकुद संघको पहलमा मन्त्री निवास पुल्चोकमै विभिन्न खेलकुद संघका पदाधिकारीलाई भेटका क्रममा मन्त्री लिम्बूले सो कुरा बताएका हुन् ।

सो अवसरमा लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहलगायतले खेलकुदको पछिल्लो अवस्थाबारे अवगत गराएका थिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →