← समाचारमा फर्कनुस्
केल्मी ब्राण्डको नक्कली पोशाक बनाउने गार्मेन्ट तथा पसलमा छापा, ३ जना पक्राउ

काठमाडौ-'स्पोर्ट्स वेयर' तथा विभिन्न खेल सामग्रीका लागि चर्चित 'ब्रान्ड' केल्मीको लोगो दुरुपयोग गरी नक्कली पोशाक उत्पादन गर्ने गार्मेन्ट तथा त्यस्ता सामग्री बिक्री गर्ने पसलमा प्रहरीले छापा मारेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले भोटेबहालस्थित एसकेसी गार्मेन्ट र महाबौद्धको सुजन सिर्जन शिभम् रेडिमेट स्टोरमा छापा मारेको हो।
छापा मार्दा करीब १२ सय पीस जर्सी, ट्राउजर, टी-शर्ट लगायत पोशाक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
साथै बेचबिखन गर्ने २ जनालाई पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ ।
त्यस्तै पोखराको ज्याकेट हाउसमा पनि छापा हानिएको छ ।
पोखराबाट पनि ब्रान्ड दुरुपयोग गरी बनाइएका करीब ५ सय पीस पोशाकहरू बरामद गर्नुका साथै एकजनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |