← समाचारमा फर्कनुस्
उज्वेकिस्तानलाई हराउदै काजाखस्तान समूह बी को विजेता

काठमाडौ- काठमाडौ- एनएससी-काभा महिला भलिबल च्यालेन्ज कपमा उज्वेकिस्तानलाई काजाखस्तानले पराजित गर्दै समूह बी को विजेता बनेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको दोस्रो खेलमा उज्वेकिस्तानविरुद्ध काजाखस्तान (२४ः२६,२५ः१६,२५ः११ र २५ः१८) गरि ३-१ को सेटमा वियजी भएको हो।
यो जितसंगै काजाखस्तान समूह बि को विजेतीका रुपमा सेमिफाइनल प्रवेश गर्दा उज्वेकिस्तान उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गर्यो।
प्रतियोगिताको समूह ए मा नेपाल र किर्गिस्तानसहित भारत र बंगलादेश छन् । त्यस्तै समूह बी मा काजाखस्तान, उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स छन् ।
दुई समूहको राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिस्पर्धा गर्नेछन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |