← समाचारमा फर्कनुस्
Volleyball May 23, 2023 · Shishir

काभा भलिबलमा श्रीलंकालाई पराजित गर्दै काजाखस्तान सेमिफाइनल नजिक

काभा भलिबलमा श्रीलंकालाई पराजित गर्दै काजाखस्तान सेमिफाइनल नजिक

काठमाडौ- एनएससी-काभा महिला भलिबल च्यालेन्ज कपमा बलियो टोली   काजाखस्तान श्रीलंकाविरुद्ध जित निकाल्दै सेमिफाइनल नजिक पुगेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको दोस्रो खेलमा काजाखस्तानले श्रीलंकालाई (२५ः१६,२८ः२६,१८ः२५ र २९ः२७) गरि ३-१ को सेटमा जित निकालेका हो।

प्रतिस्पर्धात्मक खेलमा श्रीलंकाले खेलमा फर्किने प्रयासगरेपनि सफल हुन सकेन।

यो जितसंगै काजाखस्तानको २ खेलबाट ६ अंक भएको छ। उता श्रीलंकाको यो लगातार दोस्रो पराजय हो।

प्रतियोगिताको समूह ए मा नेपाल र किर्गिस्तानसहित भारत र बंगलादेश छन् । त्यस्तै समूह बी मा काजाखस्तान, उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स छन् ।

दुई समूहको राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिस्पर्धा गर्नेछन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →