काभा भलिबलमा आज नेपालले किर्गिस्तानसँग खेल्दै

काठमाडौ- एनएससी-काभा महिला भलिबल च्यालेन्ज कप आजदेखि सुरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने प्रतियोगितामा नेपालले उद्घाटन खेलमा किर्गिस्तानविरुद्ध खेल्दैछ।
खेल बेलुकी ४ः३० बजेबाट सुरु हुनेछ।
नेपाल लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक गर्ने लक्ष्यमा रहेको छ।
आज हुने पहिलो खेलमा उज्वेकिस्तान र श्रीलंका बिहान ९ः३० बजे भिड्दैछन् ।
दोस्रो खेलमा भारत र बंगलादेशबीच मध्यान्ह १२ बजे भिड्गा आज हुने अन्तिम खेलमा साँझ ७ बजे माल्दिभ्स र काजकस्तान भिड्दैछन्।
प्रतियोगिताको प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले एक विशेष समारोहका बीच उद्घाटन गर्नेछ ।
प्रतियोगिताको लागी सबै टोलि नेपाल आइपुगेको छन्।
प्रतियोगिताको समूह ए मा नेपाल र किर्गिस्तानसहित भारत र बंगलादेश छन् । त्यस्तै समूह बी मा काजाखस्तान, उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स छन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |