← समाचारमा फर्कनुस्
Other Sports May 19, 2023 · Shishir

पदक विजेता वादोरियो कराते टोली फर्कियो

पदक विजेता वादोरियो कराते टोली फर्कियो

काठमाडौ- मलेसियामा भएको १९ औं अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी खुला कराते प्रतियोगिताका पदक विजेता नेपाली वादोरियो कराते टोली शुक्रबार स्वदेश फर्किएको छ ।

मे १२ देखि १४ तारिखसम्म भएको प्रतियोगितामा १० खेलाडीले सहभागिता जनाएकोमा सबैले पदक जिते । नेपालले ७ स्वर्ण, १ रजत र २ कांस्य पदक जितेको नेपाल वादोरियो कराते डो संघले जनाएको छ ।
देवकुमार शाह, प्रसिद्धि शर्मा, प्रशेष शाही, आरोन शेरचन, सुशान्त खड्का, समिक्षा सार्की र रिदेश बस्यालले स्वर्ण जिते । आकृति कँडेलले रजत तथा वैश्नवी वर्मा र सन्यम कँडेलले कांस्य हात पारे ।

टोलीको प्रशिक्षकमा कमरुदीन अली, व्यवस्थापकमा शोभाकर पन्थ र अफिसियलमा समी थापा शर्मा रहेका  छन् ।
टोलीलाई नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका नेपाल वादोरियो कराते डो संघका प्रमुख प्रशिक्षक हरिशरण केसीलगायतका पदाधिकारीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →