← समाचारमा फर्कनुस्
Top Headlines May 18, 2023 · Shishir

उप मेयर कप महिला कराते शनिबार

उप मेयर कप महिला कराते शनिबार

काठमाडौ-शंखडोल कराते एकेडेमीको आयोजनामा प्रथम गोकणेश्वर उप मेयर कप महिला कराते प्रतियोगिता शनिबार हुने भएको छ ।

‘महिला हिंसा तथा दुव्र्यसनी विरुद्ध कराते’ अभियानअन्तर्गत हुन लागेको प्रतियोगितामा १ सय ५० भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजक एकेडेमीका अध्यक्ष एवं प्रमुख प्रशिक्षक शिव कारन्जितले जनाएका छन् । 

गोकणेश्वर नगरपालिकाको सहयोगमा हुन लागेको प्रतियोगितामा जम्मा ८ स्पर्धामा खेल हुनेछ । ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, खुला, एकल काता, टिम काता र टिम फाइटमा प्रतिस्पर्धा हुनेछ । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १ हजार ५ सय, १ हजार र ५–५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।

एकदिने प्रतियोगिताका खेलहरु गोकर्णेश्वर नगरपालिका वडा ९ को शंखडोलस्थित आयोजकको आफ्नै कभर्डहलमा खेलाइने  छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →