← समाचारमा फर्कनुस्
Other Sports May 21, 2023 · Shishir

कान्तिपुर हाफ म्याराथनमा मुकेश र राजपुरा विजयी

कान्तिपुर हाफ म्याराथनमा मुकेश र राजपुरा विजयी

काठमाडौं- त्रिभुवन आर्मी क्लबका मुकेश पाल र पुलिस क्लबकी राजपुरा पछाईंले शनिबार राजधानीमा आयोजित नवौं कान्तिपुर हाफ म्याराथन २०२३ को उपाधि जितेका छन् । 

‘लेट्स गो ग्रिन टुगेदर’ नारासहित भएको यसपालिको कान्तिपुर हाफ म्याराथन जित्न मुकेशले १ घन्टा ६ मिनेट ४५ सेकेन्ड निकाले । उनी पहिलोपल्ट विजेता भएका हुन् । 

थापाथलीस्थित कान्तिपुरको मुख्यालय सेन्ट्रल बिजनेस पार्कबाट सुरु भएको कान्तिपुर हाफ म्याराथन दौड माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी चोकबाट फन्को लगाएर, कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हु“दै सेन्ट्रल बिजनेस पार्क आएर टुंगिएको थियो ।  

आर्मीकै राजन रोकाय दोस्रो भए । उनले १ घन्टा ७ मिनेट ५५ सेकेन्ड लगाए । बागलुङ घर भई भारतीय सेनामा कार्यरत तीर्थ पुन तेस्रो भए । उनले १ घन्टा ९ मिनेट १८ सेकेन्डमा दौड पूरा गरेका थिए । पुरुषतर्फ आर्मीको वर्चस्व हु“दा खड्काबहादुर खड्काले १ घन्टा ९ मिनेट २९ सेकेन्ड र गजेन्द्र राईले १ घन्टा १० मिनेट ५२ सेकेन्डबाट क्रमशः चौथो र पा“चौं भए । गत वर्ष एपीएफका गोपीचन्द्र पार्कीले उपाधि जितेका थिए । 

महिलातर्फ राजपुराले उपाधि रक्षा गरिन् । गत वर्षकी विजेता पुलिसकी राजपुरा १ घन्टा १९ मिनेट १६ सेकेन्डबाट विजेता भएकी हुन् । उनले गत वर्ष १ घन्टा १९ मिनेट ६ सेकेन्ड लगाएकी थिइन् । पुलिसकै राममाया बुढा दोस्रो भइन् । उनले १ घन्टा २३ मिनेट ०७ सेकेन्ड लगाइन् । एपीएफकी पुष्पा भण्डारी १ घन्टा २४ मिनेट ३१ सेकेन्डबाट तेस्रो, पूर्णराज्य लक्ष्मी न्यौपाने १ घन्टा २६ मिनेट २३ सेकेन्डबाट चौथो र गीता बिक १ घन्टा २९ मिनेट ३६ सेकेन्डबाट पाँचौं भए । हाफ म्याराथन पुरुष र महिला दुवैका विजेताले जनही १ लाख पाउने पुरस्कार पाए । दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले ३० हजार, चौथो हुनेले २० हजार, पाँचौं हुनेले १० हजार र छैटौं हुनेले ५ हजार पाएका छन् ।

ह्विलचेयर दौड (३ किमि)

कान्तिपुर हाफ म्याराथनअन्तर्गत रमेश खत्रीले ह्विलचियरतर्फ उपाधि जितेका छन् । ३ किलोमिटर दुरी उनले ७ मिनेट २६.७४ सेकेन्डमा पार थिए । थापाथलीस्थित कान्तिपुर पब्लिकेशन्सको कार्यलय अगाडिबाट सुरु भएको ह्विलचेयर रेस, थापाथली, माइतीघर मण्डला फन्को लगाएर पुनः सेन्ट्रल बिजनेस पार्कमै गएर टुंगिएको थियो । दान थिङ दोस्रो भए । गत वर्ष तेस्रो भएका उनले ७ मिनेट ३५ सेकेन्ड लगाए । उनी आर्मीका बास्केटबल खेलाडी हुन् । रामकाजी मिजार तेस्रो भए । उनले ८ मिनेट ५२.८४ सेकेन्डबाट दौड पूरा गरे ।  

महिलातर्फ ऐश्वर्या कुमाल विजेता भइन् । उनले १० मिनेट ९.७८ सेकेन्डमा दौड पुरा गरिन् । पूर्वविजेता यामकुमारी झाँक्रीमगर दोस्रो र पेमा छोक्पा गुरुङ तेस्रो भए । यामकुमारीले १० मिनेट ५१.०७ सेकेन्ड र पेमाले ११ मिनेट २५.१० सेकेन्डमा दौड पुरा गरेका थिए ।  ह्विलचेयरतर्फ पहिलोदेखि तेस्रो स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाए ।

कर्पोरट रन (५ किमि) 

विकेश घिमिरे र सुनिता महर्जन कर्पोरेट रनतर्फ विजेता बने । ५ किलोमिटर दूरी विकेशले १४ मिनेट ३६.३ सेकेन्डमा पूरा गरेका हुन् । सुनीताले २३ मिनेट २३.९० सेकेन्डमा पूरा गरिन् ।

पुरुषतर्फ १४ मिनेट ४६.७ सेकेन्डबाट विकास पोखरेल दोस्रो भए र १५ मिनेट ००.६ सेकेन्डबाट अनिश लामा गुरुङ तेस्रो भए ।

महिलातर्फ विनिता महर्जनले २३ मिनेट ३०.२९ सेकेन्डबाट दोस्रो र एलिना श्रेष्ठले २६ मिनेट ०७.४९ सेकेन्डबाट तेस्रो भए । 

कलेज रन (७ किमि)

पुकारजंग बस्नेत र सुसन कार्कीले कान्तिपुर हाफ म्याराथनको कलेज रन जितेका छन् । ७ किलोमिटर दूरी पुकारले २४ मिनेट ४७ सेकेन्डमा पूरा गरे । सुसनले निर्धारित दूरी २७ मिनेट २९.५६ सेकेन्डमा पूरा गरिन् । पुरुषतर्फ २४ मिनेट ५३ सेकेन्डबाट रिम बुढामगर दोस्रो र २५ मिनेट ३० सेकेन्डबाट समिप थुलुङ राई तेस्रो भए । महिलातर्फ निशम हाङ सुब्बाले ३१ मिनेट ०७.५० सेकेन्डबाट दोस्रो र मिनिशा पन्तले ३२ मिनेट १८.४२ सेकेन्डबाट तेस्रो भए । कलेज रनतर्फ पहिलो दोस्रो र तेस्रो हुनेले केएफसीबाट फुड गिफ्ट भौचर पाए भने कर्पोरेटतर्फ विजेतालाई केएफसी र ह्याम्स हस्पिटलको तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । प्रतियोगितामा कलेज रन पहिलो पटक राखिएको आयोजकले जनाएको छ । यसमा १८ वर्षमाथिका विद्यार्थीले दौडिएका थिए । नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा वार्षिक क्यालेन्डरमा हुँदै आएको छ ।

सिटी म्याराथनको अवधारणामा भइरहेको कान्तिपुर हाफ म्याराथनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए । प्रधानमन्त्री दाहालले सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै कर्पोरेट क्षेत्रबाट विभिन्न उद्देश्यमा जनचेतना जगाउँदै खेलकुद प्रतियोगिता हुनुले सकारात्मक रहेको बताए । यसपालि कान्तिपुर हाफ म्याराथनमा ४ हजारभन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →