जुनियर भारोत्तोलन खेलाडी भारत जाँदै

काठमाडौं, साउन १२ गते । एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली भारोत्तोलन टोली आइतबार भारतको नयाँ दिल्लीस्थित नोयडा प्रस्थान गर्ने भएको छ ।
जुलाई २६ तारिखदेखि सुरु भएको प्रतियोगितामा २ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
७३ केजीमा हेमन्त पाल तथा ९६ केजीमा सञ्जय यादवले प्रतिस्पर्धा गर्ने छन् । हेमन्तले अगष्ट १ तथा सञ्जयले अगष्ट २ तारिखमा खेल्ने छन् । दुवैको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
प्रशिक्षकमा सञ्जय महर्जन तथा व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ रहेका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र सचिव रामजीबहादुर श्रेष्ठ तथा नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |