← समाचारमा फर्कनुस्
चेन्नाइमाथि राजस्थानको सजिलो जित

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को आफ्नो पहिलो खेलमा सोमबार सजिलो जित निकालेको छ र यसका लागि उसले चेन्नाइ सुपर किंग्सलाई आठ विकेटले हरायो ।
गुवाहटीमा भएको खेलमा पहिले ब्याटिङ गरेको चेन्नाइले १९.४ ओभर मात्र टिकेर १ सय २७ रन बनाएको थियो । त्यसमा जेमी ओभरटनले सर्वाधिक ४३ रन बनाए । उनलाई छाडेर अरु कसैले गतिलो योगदान दिन सकेनन् ।
जोफ्रा आर्चर, नन्ड्रे बर्गर र रविन्द्र जडेजाले दुई दुई विकेट लिए । जवाफमा राजस्थानले १२.१ ओभर मात्र खेलेर दुई गुमाउँदै १ सय २८ रन बनाएको थियो । त्यसमा ओपनर वैभव सूर्यवंशीले सर्वाधिक ५२ रन बनाए । यस्तै यशस्वी जयसवालले ३८ रन थपे ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women