काभा भलिबलमा कीर्गिस्तानलाई पराजित गर्दै भारत सेमिफाइनल नजिक

काठमाडौ- एनएससी-काभा महिला भलिबल च्यालेन्ज कपमा बलियो टोलि भारतले कीर्गिस्तानविरुद्ध विजयी हुदै सेमिफाइनल नजिक पुगेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको पहिलो खेलमा भारतले कीर्गिस्तानविरुद्ध (२५ः१७,२५ः८ र २५ः८) गरि ३-० को सोझो सेटमा जित निकालेको हो।
कीर्गिस्तानको यो लगातार दोस्रो पराजय हो। भारतले पहिलो खेलमा बांगलादेशलाई पराजित गरेको थियो। योसँगै भारतले २ खेलबाट ६ अंक बनाएको छ ।
आजै हुने खेलमा नेपालले बांगलादेशलाई पराजित गरेको अवस्थामा समुह ए बाट नेपाल र भारतल् सेमिफाइनलमा स्थान बनाउने छन्।
प्रतियोगिताको समूह ए मा नेपाल र किर्गिस्तानसहित भारत र बंगलादेश छन् । त्यस्तै समूह बी मा काजाखस्तान, उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स छन् ।
दुई समूहको राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिस्पर्धा गर्नेछन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |