← समाचारमा फर्कनुस्
Other Sports Apr 11, 2023 · Shishir

राष्ट्रिय पुरुष हक्कीको उपाधि आर्मीलाई

राष्ट्रिय पुरुष हक्कीको उपाधि आर्मीलाई

काठमाडौ-गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ।

आर्मीले विभागिय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्पतरमा पराजित गर्दै उपाधि जितेको हो ।उसका लागी खेलको ४१औं मिनेटमा आर्मीका काशीराज राईले गरेको गोल नै निर्णायक बन्यो ।

नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको उत्कृष्ट गोलरक्षक पुलिसका हरिदत्त पाण्डे, सर्वाधिक गोलकर्ता आर्मीका रोमन राना, उत्कृष्ट डिफेन्डर पुलिसका योगेश बारघरे, इमर्जिङ प्लेयर सुदूरपश्चिम प्रदेशका महेश नेपाली  र सर्वोत्कृष्ट खेलाडी आर्मीका नितिश न्यौपाने भए ।

प्रतियोगिताको विजेता आर्मीले ७५ हजार र उपविजेता नेपाल पुलिसले ४१ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गरे । त्यस्तै मधेस प्रदेशलाई पराजित गर्दै तेस्रो स्थान भएको सुदूरपश्चिम प्रदेशले २५ हजार प्राप्त गरेको छ ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →