← समाचारमा फर्कनुस्
Top Headlines Jun 30, 2023 · Shishir

मगस, टिभ्स र एनआईसीलाई उपाधि

मगस, टिभ्स र एनआईसीलाई उपाधि

काठमाडौं । मगस, टिभ्स र एनआईसीले प्रथम हिमालय एसइइ बास्केटबल तथा फुटसल प्रतियोगिताको उपाधि जितेका छन् ।

थ्री बाइ थ्री बास्केटबलको ब्वाइजमा बिहीबार मगस र गल्समा टिभ्स च्याम्पियन बने । ब्वाइज फुटसलमा एनआईसी पहिलो भयो ।

कोटेश्वरस्थित आयोजक हिमालय स्कुल÷कलेजको कोर्टमा भएको ब्वाइज बास्केटबल फाइनलमा मगसले विनायक सिद्ध (भीएस) लाई १५–१४ को साँघुरोअन्तरले पराजित ग¥यो । बास्केटबलकै गल्सको उपाधि भिडन्तमा टिभ्सले ब्राभोलाई ६–४ ले हरायो ।

ब्वाइजमा मगसका आशिष थापा मगर तथा  गल्स टिभ्सकी पेम्बा डोल्मा शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

ब्वाइज फुटसल फाइनलमा एनआईसी पहिलो तथा आयोजक हिमालय दोश्रो भए । एन्जल्स लर्डका सुशिल कुमाल उत्कृष्ट खेलाडी चुनिए ।

बास्केटबल र फुटसल दुवैमा पहिलो हुने १० हजार तथा दोश्रोले ५ हजार नगद पुरस्कारसहित ७५ प्रतिशत छात्रवृत्ति पाए । सहभागी टिमका प्रत्येक सदस्यलाई पनि प्रोत्साहन स्वरुप ५० प्रतिशत छात्रवृत्ति प्रदान गरियो ।

विजेतालाई हिमालयका प्रिन्सिपल रामहरि सिलवाल, प्रमुख कार्यकारी अधिकृत नरेन्द्रबहादुर अधिकारी र बास्केटबल प्रशिक्षक सञ्जय प्रजापतिले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दुईदिने प्रतियोगिताअन्तर्गत बास्केटबलको ब्वाइजमा ५० तथा गल्समा १६ गरी ६६ तथा फुटसलमा ८ ब्वाइज टिम सहभागी थिए ।





AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →