← समाचारमा फर्कनुस्
Other Sports Apr 16, 2023 · Shishir

नेसनल चेस च्याम्पियनसिप बैशाख ५ देखि हुने

नेसनल चेस च्याम्पियनसिप बैशाख ५ देखि हुने

काठमाडौ- नेपाल बुद्धिचाल महासंघको आयोजनामा नेसनल चेस च्याम्पियनसिप हुने भएको छ ।

आयोजक बुद्धिचाल महासंघले  च्याम्पियनसिप बैशाख ५ देखि सुरु भएर १० गतेसम्म संचालन हुने आज पत्रकार सम्मेलन गर्दै जानकारि दिएको छ ।

प्रतियोगिता काठमाडौं लाजिम्पाटस्थित होटल ले हिमालयमा महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा हुनेछ।

राउन्ड रोविन आधारमा सञ्चालन हुने च्याम्पियनसिपमा दुवै विधामा १०-१० जना खेलाडीको सहभागीता रहने छ ।

च्याम्पियनसिपका विजेताले आगामी मे १ देखि ११ सम्म बंगलादेशको ढाकामा आयोजना हुने फिडे जोन ३.२ चेस च्याम्पियनसिप एवं कजकस्तानको आस्थानामा जुन ५ देखि १५ सम्म हुने एशियन कन्टिनेन्टलमा सहभागीता जनाउने छन् । 

त्यस्तै त्यसैगरी २०२४ मा हंगेरीको बुढापेस्टमा हुने ४५ औं चेस ओलम्पियाडमा समेत सहभागिता सुनिश्चित गर्नेछन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →