हेमन्तलाई तीन कांस्य पदक

काठमाडौं, साउन १६ गते । नेपालका हेमन्त पालले एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा मंगलबार ३ कांस्य पदक जितेका छन् ।
‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामै हेमन्तले पुरुष ७३ केजी तौलसमूहमा ३ कांस्य पदक जित्न सफल भएका हुन् ।
हेमन्तले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी ३ कांस्य पदक जितेको टिम व्यवस्थापक रामसुन्दर श्रेष्ठले जनाएका छन् ।
भारतको नोयदामा जारी प्रतियोगितामा हेमन्तले स्न्याचमा ९७ केजी, क्लिन एन्ड जर्कमा ११० केजी गरी जम्मा २०७ केजी भार वहन गरे ।
हेमन्तको स्पर्धामा ५ राष्ट्रका ६ खेलाडी सहभागी थिए । उज्वेकिस्तानका २ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । थाइल्यान्डले स्वर्ण तथा उज्वेकिस्तानले रजत जिते ।
प्रतियोगितामा नेपालबाट २ खेलाडी सहभागी छन् । पुरुष ९६ केजीमा सञ्जय यादवले बुधबार प्रतिस्पर्धा गर्ने छन् । सञ्जयको पनि यो ‘डुब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |