← समाचारमा फर्कनुस्
Volleyball Apr 13, 2023 · Shishir

सुदूरपश्चिमलाई हराउदै एपीएफ सेमिफाइनलमा

सुदूरपश्चिमलाई हराउदै एपीएफ सेमिफाइनलमा

काठमाडौ-प्रथम पोष्ट बहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै विभागीय टोली नेपाल एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई २३–२५, २५–१८, २५–१२ र २५–२१ गरि ३-१ को सेटमा पराजित गरेको हो।

अब सेमिफाइनलमा शुक्रबार एपीएफले अर्को विभागिय टोलि आर्मीसंग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै अर्को सेमिफाइनलमा पुलिस र गण्डकी प्रदेश भिड्नेछन्। 

प्रतियोगितामा तीन विभागीयसहित गण्डकी र सुदूरपश्चिम गरि ५ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ४ लाख तथा उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्दा तेस्रो हुने टोलीले नगद रु १ लाख रुपैयाँ प्राप्त गर्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →