← समाचारमा फर्कनुस्
Top Headlines Jul 14, 2023 · Shishir

बागमती प्रदेश हाप्किडो संघमा गुरुङ

बागमती प्रदेश हाप्किडो संघमा गुरुङ

नेपाल हाप्किडो संघ, बागमती प्रदेशको अध्यक्षमा मनोज गुरुङ निर्वाचित भएका छन् ।

बिहिवार काठमाडौंमा भएको बागमती प्रदेश स्तरीय भेलाले गुरुङको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।

संघको उपाध्यक्षमा मन्दिरा शाक्य र दावा दोर्जे योन्जन, सचिवमा सुदिप तमाङ, कोषाध्यक्षमा रेलिमाई गुरुङ तथा सदस्यमा मिङमार नोर्वु तमाङ र अरुण खत्री के. सी. रहेका छन् ।

नेपाल हाप्किडो संघका केन्द्रिय अध्यक्ष कालीबहादुर घर्ती मगरको अध्यक्षता तथा प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका बोर्ड सदस्य हिक्मत थपलियाको प्रमुख आतिथ्यता कार्यक्रम भएको थियो । बिभिन्न जिल्लाका प्रतिनिधी, प्रशिक्षक र खेलाडीहरुको उपस्थिती थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →