← समाचारमा फर्कनुस्
Other Sports May 11, 2023 · Shishir

११ औं कान्तिपुर हाफ म्याराथन जेठ ६ मा हुने

११ औं कान्तिपुर हाफ म्याराथन जेठ ६ मा हुने

काठमाडौं – कान्तिपुर पब्लिकेशन्सको आयोजनामा ११ औं कान्तिपुर हाफ म्याराथन आउ“दो जेठ ६ गते हुने भएको छ। ‘लेट्स गो ग्रिन टुगेदर’ नाराका साथ आयोना गरिएको हाफ म्याराथन जेठको पहिलो साता हुने आयोजकले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।

प्रतियोगितामा यसपालि पहिलो पटक कलेज रन विधा थपिएको छ भने ७ किलोमिटर दुरीमा हुने यस विधामा १८ वर्षमाथिका विद्यार्थीले दौडन पाउनेछन्। यसबाहेक हाफ म्याराथन (२१.१ किमी), कर्पोरेट (५ किमि) र ह्विलचेयर (३ किमि) गरी अन्य विधा यथावत नै रहेको कान्तिपुरका सिईओ महेश स्वाँरले बताए।

कान्तिपुरको मुख्यालय थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु हुने कान्तिपुर हाफ म्याराथन माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमि, सल्लाघारी चोकबाट फन्को लगाएर कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हुदै सेन्ट्रल बिजनेस पार्कमै आएर दौड टुंगिने छ।




AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →