← समाचारमा फर्कनुस्
सूर्य नेपाल एनपिजीए टुर च्याम्पियन्सिप वैशाख ४ गतेदेखि हुने

काठमाडौ- सूर्य नेपाल गल्फ टुर २०२२-२३ को सातौं इभेन्ट सूर्य नेपाल एनपिजीए टुर च्याम्पियन्सिप गोकर्ण गल्फ क्लब वैशाख ४ गते सोमबार अर्थात भोलिदेखी सुरु हुने भएको छ।
नेपाल गल्फर एसोसियनले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता गोकर्ण गल्फ हुने जनाकारी दिएको हो ।
चार दिन चल्ने प्रतियोगितामा ७२ होलमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा भुवन नगरकोटी, जयराम श्रेष्ठ, संजय लामा, धन थापा, रामे थापा मगर, निरज तामाङ, रवी खड्का, सद्भाव आचार्य , सुवास तामाङ लगायतले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको विजेताले एक लाख ४० हजार, उपविजेताले ९० हजार तथा तेस्रो स्थान हासिल गर्नेले ६७ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |