← समाचारमा फर्कनुस्
Top Headlines Jul 27, 2023 · Shishir

पौडीबाज गौरिकाले जापानमा बनाइन् अर्को कीर्तिमान

पौडीबाज गौरिकाले जापानमा बनाइन् अर्को कीर्तिमान

काठमाडौँ- दक्षिण एसियाली खेलकुद (साग)की ४ स्वर्णधारी गौरिका सिंहले नयाँ कीर्तिमान बनाएकी छन्।

जापानको फुकुओकामा जारी २० औँ संस्करणको वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा आफ्नै नाममा रहेको पुरानो कीर्तिमानलाई तोड्दै नयाँ राष्ट्रिय कीर्तिमान राख्न सफल भएकी हुन्।

नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले गौरिकाले नयाँ कीर्तिमान दर्ज गरेको जानकारी दिए।

बुधबार सम्पन्न ५० मिटर ब्याकस्ट्रोकमा गौरिकाले २०१६ मा गोहाटीमा आयोजना भएको १२ औं साग गेम्समा राखेको ३१.८७ सेकेन्डको समयमा सुधार गर्दै ३१.४४ सेकेन्ड समयको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्। 


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →